भारतले पहिलो वन डेमा श्रीलंकालाई दियो ३७४ रनको लक्ष्य, कोहलीको शतक

नेपालभ्युज

भारतले पहिलो वन डेमा श्रीलंकालाई दियो ३७४ रनको लक्ष्य, कोहलीको शतक

काठमाडौं। श्रीलंकाविरुद्धको सिरिजको पहिलो वन डेमा भारतले ३७४ रनको लक्ष्य दिएको छ । गुवाहाटीस्थित बार्सपारा क्रिकेट रंगशालामा जारी खेलमा भारतले पुरै ओभर खेलेर ७ विकेट गुमाउँदै ३७३ रन बनाएको हो।

भारतका लागि विराट कोहलीले शतक प्रहार गरे । उनले ८७ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ११३ रनको योगदान गरे। कोहलीको यो ४५ औँ शतक हो ।

कप्तान रोहित शर्माले ८१ र शुभमन गिलले ७० रन जोडे। पहिलो विकेटको लागि रोहित र शुभमानले १४३ रनको साझेदारी गरेका थिए ।

श्रीलंकाका कसुन राजिथाले ३ विकेट लिए । यसअघि ३ टी–२० खेलको सिरिज भारतले २–१ ले जितेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved