मुलुकका समस्या समाधान गर्नतर्फ लागौं : अध्यक्ष लिङदेन

नेपालभ्युज

मुलुकका समस्या समाधान गर्नतर्फ लागौं : अध्यक्ष लिङदेन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकका समस्या सामूहिक रूपमा समाधान गर्नेतर्फ अग्रसर हुन आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशका हरेक क्षेत्र अहिले ओरालो लागिरहेको भन्दै यसलाई सबै मिलेर समाधान गर्नुपर्ने बताए ।

उमेर पुगेको भोलिपल्ट युवाहरू राहदानी बनाएर विदेश जानुपरिरहेको भन्दै उनले स्वदेशमा नै रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

लिङदेनले विकास निर्माणले गति लिन नसकेको भन्दै अब कसैलाई निषेध नगरी मिलेर अघि बढ्न आग्रह गरेका थिए।

‘अहिले देशको सबै क्षेत्र ओरालो लागेको अवस्था छ । अर्थतन्त्रको अवस्था भनिरहनु पर्दैन । हामी कोही अनभिज्ञ छैनौँ । बेरोजगारी कुन ढंगले बढेर भएको छ । उमेर पुगेको भोलिपल्ट हाम्रा युवाहरू राहदानी बनाउने र आमाको काख र बाउको काख, देश छोडेर परिवार पाल्न हिँड्नुपर्ने नियति बनेको छ ।’ लिङदेनले भने, ‘कृषिप्रधान देश भन्छौँ, कृषकले बाली लगाउने बेलामा मल पाउन सकेका छैनन् । विकास निर्माण कस्तो छ, सबैलाई थाहा छ । हामी कसैले कसैलाई निषेध गरेर म मात्रै अघि बढ्छु भन्ने अवस्था छैन ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved