ग्लोबल आईएमई र बैंक अफ काठमान्डुको एकीकृत कारोबार आजबाट

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डुको एकीकृत कारोबार आजदेखि शुरु हुँदैछ। ग्लोबल आईएमई बैंकले बैंक अफ काठमान्डुलाई मर्ज गरेपछि मुलुककै ठुलो बैंक समेत बनेको हो।

नेपालभ्युज

ग्लोबल आईएमई र बैंक अफ काठमान्डुको एकीकृत कारोबार आजबाट

काठमाडौं। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डुको एकीकृत कारोबार आजदेखि शुरु हुँदैछ।

ग्लोबल आईएमई बैंकले बैंक अफ काठमान्डुलाई मर्ज गरेपछि मुलुककै ठुलो बैंक समेत बनेको हो।

यी दुई बैंकले मर्जर सम्झौता गरेको ७ महिनापछि एकीकृत कारोबार गर्न लागेको हुन्। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमान्डुका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डु १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन्।

अर्थात् बैंक अफ काठमान्डुको १ सय कित्ता सेयर भएका शेयरधनीले मर्जरपछि ग्लोबल आइएमई बैंकको १ सय कित्ता शेयर प्राप्त गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved