सुर्खेत। अत्यधिक मात्रामा चिसो बढेपछि कर्णालीका हिमाली जिल्लाका विद्यालय बन्द गरिएका छन् । चिसोका कारणले कर्णालीका हिमाली जिल्ला कालिकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्लाका विद्यालयहरू बन्द गरिएका हुन् ।
हिमाली जिल्लाको तापक्रम माइनस ५ डिग्रीसम्म झरेको छ । चिसोका कारणले पानी जम्न थालेकाले विद्यालय बन्द गर्नुको विकल्प नभएको कालिकोट तिलागुफा नगरपालिका शिक्षा शाखामा कार्यरत विद्यालय निरीक्षक नवीन हमालले बताए ।
‘चिसोले गर्दा विद्यालयमा विद्यार्थी आउन पनि छाड्नुभयो ।’ उनले भने,‘विद्यालय बन्द गर्नुको विकल्प रहेन। माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेका छौं ।’
प्रतिकूल मौसमका कारण बालबालिकाले पूरै समय अध्ययन गर्न नपाउने हुम्ला जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलकप्रसाद भट्टराईले बताए ।
डोल्पामा समेत विद्यालय बन्द गरिएको छन् ।
Facebook Comment
Comment