काठमाडौं। काठमाडौं। नेपाल टी–२० लिगमा विराटनगर सुपर किङ्सले फारवेस्ट यूनाइटेडलाई बुधबार ६ विकेटले पराजित गरेको छ । यो उसको तेस्रो जित हो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार फारवेस्टले छैठौं हार ब्यहोरेको छ । उसले अहिलेसम्म एक खेल मात्रै जितेको छ । विराटनगरले यो जितपछि प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको छ ।
विराटनगरको जितमा कप्तान रोहित पौडेलले ६० रनको पारि खेले । १५७ रनको लक्ष्य उसले ३ बल बाँकी छँदै ४ विकेट गुमाएर भेट्टाएको थियो । प्रदिप ऐरीले ४० रनको योगदान गरे ।
तयसअघि पहिले पहिले ब्याटिङ गरेको फारवेस्टले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १५६ रन बनाएको थियो। कप्तान विनोद भण्डारीले ४५ र हश्मतुल्लाह शाहिदीले २७ रन बनाए।
विराटनगरको लागि शाहाब आलमले ३, कियोन जोसेफले २ तथा रोहित पौडेल, विवेक यादव र राज नाननले १–१ विकेट लिए।
Facebook Comment
Comment