काठमाडौं। नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २० देखि २२ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।
जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने भएकोले, हामीले यसमा ध्यान पुराउन अत्यन्त जरुरी हुन्छ। सुजुकी ग्राहकलाई यो विषयमा जानकारी गराउन र उहाँहरूको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प सञ्चालन हुनलागेको कम्पनीले जनाएको छ ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस भौचर पनि जित्न सक्नेछन् । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।
सर्भिस क्याम्पमा ग्राहकले नि:शुल्क एसी-हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनुहुनेछ । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उनीहरुले ५० प्रतिशत छुट पाउनुहुनेछ भने इन्जिन कुलिंग, एसी-हिटर सम्बन्धि पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनेछन्। साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र इन्जिन आयलमा ५ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ ।
सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभरिका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ ।
Facebook Comment
Comment