देश र जनताको हित हुनेगरी कानुन निर्माण गर्नुपर्छ : गणेश तिमिल्सिना

नेपालभ्युज

देश र जनताको हित हुनेगरी कानुन निर्माण गर्नुपर्छ : गणेश तिमिल्सिना
फाइल फोटो

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशको हित गर्ने गरि कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

नीति अनुसन्धान प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले मुलुकको विभिन्न क्षेत्रको कानुन निर्माण गर्दा विज्ञ र सरोकारवालासँग छलफल गर्दै देशको हितलाई केन्द्रमा राख्नुपर्ने बताए।

उनले यसअघि राष्ट्रियसभाले ल्याएका केही महत्त्वपूर्ण विधेयकहरू शून्यको अवस्थामा पुगेको भन्दै त्यसलाई पुन: ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष आग्रह गर्ने धारणा राखे। नीति अनुसन्धान प्रतिष्ठानले देशको समग्र विकासमा सहयोग पुर्‍याउने गरी काम गर्नुपर्ने उनले बताए।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा. विष्णुराज उप्रेतीले मुलुकको विभिन्न क्षेत्रमा सरकारले अपनाइएको विभिन्न नीति अध्ययन, विश्लेषण र अनुसन्धान गरी सुधार गर्नुपर्ने विषयमा सिफारिस गर्ने गरेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved