काठमाडौं। जनकपुर रोयल्सले नेपाल टी–२० लिगको पाँचौँ जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा जनकपुरले फारवेस्ट युनाइटेडलाई ८२ रनले पराजित गरेको हो।
१६२ रनको लक्ष्य पछ्याएको फारवेस्ट १५.१ ओभरमा ७९ रनमा अलआउट भयो। फारवेस्टका लागि हस्मतुल्लाह शहिदीले ३२ र राशिद खानले अविजित १७ रन जोडे। सन्दीपले ३२ बलमा ५ छक्का र १ चौका प्रहार गर्दै ५५ रनको योगदान गरे।
विराटनगरको लागि समिउल्लाह शिनवारीले ३, पवन शराफ र सोमपाल कामीले २–२ तथा जितेन्द्र मुखिया, ललित राजवंशी र शराफुद्दिन अशरफले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको जनकपुरले पूरै ओभर खेल्दा ७ विकेट गुमाएर १६१ रन बनायो। जनकपुरको लागि सन्दीप जोराले ५५ र ट्रेभन ग्रिफिथले ३२ रन जोडे। फार वेस्टको लागि प्रकाश जैसीले ३, भुवन कार्काीले २ तथा नुर अहमदले १ विकेट लिए।
Facebook Comment
Comment