विद्युत प्रसारण लाइनका विषयमा शंखरापुरमा तनाव, केही प्रदर्शनकारी पक्राउ

नेपालभ्युज

688066276458176

काठमाडौं। एमसीसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन बन्ने शंखरापुरको बोजेनीमा तनाव भएको छ। काठमाडौं शंखरापुर–३ का बासिन्दाले एमसीसी आयोजनाअन्तर्गतको विद्युत् प्रसारण लाइन (सबस्टेसन) अन्यत्र सार्न माग गर्दै आन्दोलन गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरी हस्तक्षेपपछि केही प्रदर्शनकारी पक्राउ परेका छन्। शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको भन्दै स्थानीयले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिने बताएका छन् ।

वडाध्यक्षसहित स्थानीयले ‘एमसीसी आवश्यक छैन’, ‘स्थानीय जग्गा अतिक्रमण गर्न पाइँदैन’ जस्ता नारा लगाएर प्रदर्शन गरेका थिए । उनीहरुले तत्कालै सबस्टेसन हटाउन माग गर्दै आएका छन् ।

आयोजना प्रमुख जुजुरत्न शाक्यसहितको टोली पनि अहिले परियोजनास्थलमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved