रविले डाके ७७ वटै जिल्ला प्रमुख र सुरक्षा प्रमुखको बैठक

नेपालभ्युज

रविले डाके ७७ वटै जिल्ला प्रमुख र सुरक्षा प्रमुखको बैठक

काठमाडौँ । उपप्रधान तथा गृमन्त्री रवि लामिछानेले ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे डाकिएको उक्त बैठक भर्चुअल रूपमा सम्पन्न हुनेछ ।

बैठकमा प्रजिअहरूका साथै जिल्ला सुरक्षा समितिमा रहेका सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी हुनेछन् ।

मन्त्री लामिछानेको निर्देशनसँगै बोलाइएको बैठकमा आम नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्तिसुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved