काठमाडौं। नेपाल टेलिकमले पूर्वनिर्धारित तालिकाअनुसार आज १७ पुसदेखि अर्थात् डिसेम्बर १ बाट सुरू हुने भनिएको ‘फाइभ-जी सेवा’को ट्रायल स्थगित भएको छ । टेलिकमले चलाउने प्रणालीअनुरूप फाइभजी चल्ने मोबाइलको संख्या न्यून देखिएपछि ट्रायल स्थगित भएको हो ।
टेलिकमले फाइभ-जीको परीक्षणको लागि आन्तरिक रूपमा तयारी अन्तिम चरणमा पुर्याए पनि केही प्राविधिक विषयका कारण फाइभ-जीको ट्रायक स्थगन भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
टेलिकमले १ जनवरीबाट फाइभ-जी परीक्षण गर्न भन्दै तयारी गर्दै आएको थियो । फाइभ-जीको परीक्षणकाल सुरु गर्ने तयारी का लागि टेलिकमले उपकरण, प्रविधि जडानसहित जनशक्तिलाई तालिमसहितका तयारीहरू समेत सकाइसकेको छ ।
फाइभ-जीको परीक्षणअघि टेलिकमले यसको व्यवसायिक प्रयोगको सम्भावनाबारे पनि थप अध्ययन र छलफल गर्नेछ ।
Facebook Comment
Comment