कैलालीमा माइक्रोबस दुर्घटना : १ को मृत्यु, १८ जना घाइते

नेपालभ्युज

कैलालीमा माइक्रोबस दुर्घटना : १ को मृत्यु, १८ जना घाइते

धनगढी। कैलालीको गौरिगंगा ६ बनवेहडामा एउटा हाइस दुर्घटना भएको छ। आज बिहान महेन्द्रनगरबाट टिकापुर जाँदै गरेको सुदूरपश्चिम प्रदेशको ०२००१ ज ४०६ नम्बरको हाइस जिप कैलालीको गौरिगंगा ६ बनवेहडामा दुर्घटना भएको हो।

हाइस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन। मृत्यु हुनेमा कैलालीको लम्की चुहा नगरपालिका १ की ७३ वर्षीया कर्मा प्याकुरेल रहेकी छिन्। उनको धनगढीस्थीत माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा १८ जना  घाइभे भएका थिए । ७ जनाको अवस्था गम्भीर छ ।

हाइस आफैँ अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो। घाइतेहरूको पदमा अस्पताल अत्तरिया र धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

घाइते हुनेमा कञ्चनपुर देवकोट १० का २९ वर्षीय मुकेश राना, कञ्चनपुर भीमदत्त नगरपालीका ३ का ३१ वर्षीय रुद्रबहादुर गुरुङ्ग, कैलाली जानकी गाउँपालिका ४ का ३७ वर्षीय राम बेलासे रावत तथा उनकी ३५ वर्षीय श्रीमती अञ्जली रावतको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। अन्य घाइते भएको पहिचान खुल्न बाँकी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जानकारी दिएको छ।

घाइतेलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि लगाएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। हाइस घटनास्थलमै दुर्घटनाग्रस्त अवस्थामा रहेको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved