नेपाल टी–२० लिगमा पोखराको पहिलो जित

नेपालभ्युज

नेपाल टी–२० लिगमा पोखराको पहिलो जित

काठमाडौं। नेपाल टी–२० लिग क्रिकेटमा मा पोखरा एभेन्जर्सले पहिलो जित निकालेको छ।

त्रिवि अन्तर्राष्ट्रिय मैदानमा शुक्रबार भएको खेलमा पोखराले फारवेस्ट युनाईटेडलाई ३ विकेटले पराजित गरेको हो।

जितसँगै २ अङ्क जोडेको पोखरा पाँचौँ स्थानमा उक्लिएको छ । पराजित फारवेस्ट भने छैँठौँ स्थानमा झरेको छ ।

१८८ रनको लक्ष्य पोखराले १९.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो। पोखराको लागि आसिफले ४५ रन जोडे। पोखराको लागि कुशलले २२ बलमा ५ छक्का प्रहार गर्दै ४० र सुमित महर्जनले २२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३८ रन जोडे।

फारवेस्टको लागि प्रकाश जैशी, उमर अली र करन केसीले २–२ तथा भुवन कार्कीले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको फारवेस्टले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १८७ रन बनायो। उमर अलीले ४२ र देव खनालले ३३ रन जोडे। पोखराको लागि जहिर खानले ३, तुल थापाले २ तथा आरिफ शेख र कुशल मल्लले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved