नेपाल टी-२० लिग : लुम्बिनीको अपराजित यात्रा कायमै, काठमाडौं पराजित,

यो लुम्बिनीको लगातार पाँचौँ जित हो। काठमाडौंको भने दोस्रो पराजय हो। लुम्बिनी १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ। ४ अंकसहित काठमाडौं तेस्रो स्थानमा छ।

नेपालभ्युज

नेपाल टी-२० लिग : लुम्बिनीको अपराजित यात्रा कायमै, काठमाडौं पराजित,

काठमाडौं । नेपाल टी-२० लिगमा काठमाडौं नाइट्सलाई पराजित गर्दै लुम्बिनी अलस्टार्सले आफ्नो अपराजित यात्रा कायम गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार लुम्बिनीले काठमाडौंलाई ३५ रनले पराजित गरेको छ ।

यो लुम्बिनीको लगातार पाँचौं जित हो। काठमाडौंको भने दोस्रो पराजय हो। लुम्बिनी १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ । ४ अंकसहित काठमाडौं तेस्रो स्थानमा छ।

१५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले पूरै ओभर खेल्दै ८ विकेट गुमाएर ११५ रन मात्र बनायोे। अजमातुल्लाह उमरजाईले ३८ र सुनम गौतमले १८ रन जोडे। लुम्बिनीको लागि हर्मित सिंहले ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको लुम्बिनी अलस्टार्सले पूरै ओभर खेलेर ८ विकेट गुमाउँदै १५० रन बनाएको थियो । दीपेन्द्र सिंह ऐरीले ४० र लाहिरु मिलन्थाले २५ रनको योगदान गरे ।

काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले २ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved