आहा-रारा पोखरा गोल्डकप : धरानको जितसँगै आयोजक सहाराको यात्रा समाप्त

नेपालभ्युज

आहा-रारा पोखरा गोल्डकप : धरानको जितसँगै आयोजक सहाराको यात्रा समाप्त

काठमाडौं। आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लबले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा बिहीबार भएको खेलमा धरानले आयोजक सहारा फुटबल पोखरालाई १–० गोलअन्तरले पराजित गरेको हो।

जितसँगै धरान क्वार्टरफाइनलमा पुगेको छ। प्रतियोगितामा भने आयोजक सहाराको यात्रा समाप्त भएको छ।

धरानको लागि प्रकाश बुढाथोकीको गोल नै निर्णायक बन्यो । खेलको चौथो मिनेटमा प्रकाशले फ्रि–किकमा गोल गर्दै धरानलाई अग्रता दिलाए।

शुक्रबार हुने खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमने-सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved