नेपाल टी–२० लिग : जनकपुर रोयल्सको तेस्रो जित

नेपालभ्युज

नेपाल टी–२० लिग : जनकपुर रोयल्सको तेस्रो जित

काठमाडौं। नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले तेस्रो जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले फारवेस्ट युनाइटेडलाई ८ विकेटले पराजित गरेको हो।

१७० रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । जनकपुरको लागि सन्दीप जोराले ७७ र चाडविक वाल्टनले ६९ रन जोडे। फारवेस्टको लागि करन केसीले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको फारवेस्टले पूरै ओभर खेल्दा ६ विकेट गुमाएर १६९ रन बनायो। फारवेस्टको लागि करन केसीले अविजित ४६ र भीम सार्कीले अविजित ३६ रन जोडे। जनकपुरको लागि ललित राजवंशीले २, जितेन्द्र मुखिया र सोमपाल कामीले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved