अनन्त ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी’ सम्मानबाट सम्मानित

नेपालभ्युज

अनन्त ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी’ सम्मानबाट सम्मानित

काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी’ सम्मान २०७९ बाट सम्मानित गरिएको छ।

बिहीबार सहारा क्लब पोखराले पोखरा रंगशालमा अनन्तलाई सर्वोत्कृष्ट खेलाडी सम्मानबाट सम्मानित गरेको हो।

आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन समारोहका बीच अनन्तलाई सम्मान गरिएको हो। सम्मानस्वरूप उनलाई ५० हजार ५ रुपैयाँ पनि प्रदान गरिएको छ।

सहाराले हरेक वर्ष राष्ट्रिय टोलीका खेलाडीलाई सम्मान गर्ने गर्दछ। यसअघि सहाराले अन्जन विष्ट, भरत खवास, किरण चेम्जोङ, अभिषेक रिजाल र सुजल श्रेष्ठलाई पनि सम्मान गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved