एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया चयन

नेपालभ्युज

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया चयन

हेटौंडा। नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलिया सर्वसम्मत रुपमा चयन भएका छन् ।

एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले चितवनका थपलियालाई संसदीय दलको नेतामा चयन गरेको हो ।

उनी चितवन १ को प्रदेश सभा १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । थपलिया पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकारसमेत थिए ।

बागमती प्रदेशमा एमालेका २७ सांसद छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved