सत्ता गठबन्धनको संयोजकमा एमाले अध्यक्ष ओली चयन

नेपालभ्युज

सत्ता गठबन्धनको संयोजकमा एमाले अध्यक्ष ओली चयन

काठमाडौं । सत्ता साझेदार दलको बैठकले नयाँ गठबन्धनको संयोजकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चयन गरेको छ ।

बालुवाटारमा आज बसेको बैठकले न्युनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा नेतृत्व गर्न ओलीलाई सत्ता गठबन्धनको संयोजक तोकेको हो ।

ओली नेतृत्वको समितिले सत्ता संचालनमा पनि सहयोग गर्ने बताईएको छ । समितिमा सत्ता साझेदार सबै दलका नेता सदस्य हुनेछन् ।

हालसम्म सत्ता गठबन्धनमा नेपाल  समाजवादी पार्टीसहित ८ दल सामेल भएका छन् । बैठकमा एक साताभित्रै न्युनतम साझा कार्यक्रम तयार पार्ने सहमति पनि भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved