नेपाल टी–२० लिगः विराटनगरको पहिलो जित, पोखराको चौथो हार

नेपालभ्युज

नेपाल टी–२० लिगः विराटनगरको पहिलो जित, पोखराको चौथो हार

काठमाडौं। नेपाल टी–२० लिगमा विराटनगर सुपर किङ्सले पहिलो जित हासिल गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो। यो पोखराको लगातार चौथो पराजय हो।

१४० रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ४ विकेट गुमाएर भेटायो। विराटनगरको लागि हुसेन तलतले ५० र अर्जुन साउदले २५ रन जोडे। पोखराको लागि कुशल मल्ल र शरद भेषवाकरले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको पोखराले १९ ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको हो। पहिलो खेलका कारण ढिला सुरु भएको खेललाई १९ ओभरमा निर्धारण गरिएको थियो।

पोखराको लागि कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन बनाए। सिद्धान्त लोहनीले २६ र उपुल थरंगाले १९ रन बनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved