सेयर बजारमा सामान्य गिरावट, कारोबार पनि खुम्चियो

नेपालभ्युज

काठमाडौं। लगातार दुई दिन बढेको सेयर बजारमा बुधबार सामान्य गिरावट आएको । यद्यपि, दिनभर नै बजारमा उतारचढाव देखियो ।

अन्त्यमा बजार ११.८१ अंकले घटेर १९७२.१५ बिन्दुमा आएर रोकियो । बुधबार कारोबार रकमसमेत खुम्चिएर ०.६० प्रतिशतको करेक्सन आएको हो ।

कुल २५७ वटा धितोपत्रको ३९ हजार ६६० कारोबारबाट ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच भएको छ । जसको कारोबार मूल्य २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ रहेको छ ।

बुधबार अधिकांश उपसूचकहरू राताम्य रहे । वित्त, जलविद्युत, लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड र नन लाइफ इन्स्योरेन्स उपसूचक भने हरियो देखिए । ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved