नेपाल टी–२० लिग : पोखराले दियो विराटनगरलाई १४० रनको लक्ष्य

नेपालभ्युज

नेपाल टी–२० लिग : पोखराले दियो विराटनगरलाई १४० रनको लक्ष्य

काठमाडौं। नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले विराटनगर सुपर किङ्सलाई १४० रनको मध्यम लक्ष्य दिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पोखराले १९ ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको हो। पहिलो खेलका कारण ढिला सुरु भएको खेललाई १९ ओभरमा निर्धारण गरिएको थियो।

पोखराको लागि कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन बनाए। सिद्धान्त लोहनीले २६ र उपुल थरंगाले १९ रन बनाए।

विराटनगरका लागि राज नानन र हुसेन तलतले २–२ तथा नन्दन यादव, एन्ड्री म्याकार्थी, शाहाब आलमे १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved