नेपाल टी–२० लिगमा लुम्बिनीको तेस्रो जित

पोखराको भने यो लगातार तेस्रो पराजय हो। कुल ६ अङ्कसहित लुम्बिनी शीर्ष स्थानमा छ । अंकविहीन पोखरा एभेन्जर्स भने पुछारमा छ।

नेपालभ्युज

नेपाल टी–२० लिगमा लुम्बिनीको तेस्रो जित

काठमाडौं। लुम्बिनी अलस्टार्सले नेपाल टी–२० लिगमा लगातार तेस्रो जित निकालेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो। पोखराको भने यो लगातार तेस्रो पराजय हो।

कुल ६ अङ्कसहित लुम्बिनी शीर्ष स्थानमा छ । अंकविहीन पोखरा एभेन्जर्स भने पुछारमा छ।

१३५ रनको लक्ष्य लुम्बिनीले पूरै ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको लागि कुशल भुर्तेलले ३९ र शाडले क्लाउड वैन शाल्कविकले अविजित ३१ रन जोडे। पोखराको लागि कुशल मल्ल र बिपिन खत्रीले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको पोखराले पूरै ओभर खेल्दा ९ विकेट गुमाएर १३३ रन बनायो। पोखराको लागि कुशल मल्लले ६१ र उपुल थरंगाले ४२ रन जोडे। कुशलले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। कुशलको अर्धशतक पोखराको जितको लागि पर्याप्त हुन सकेन।

लुम्बिनीका लागि शाडले क्लाउड वैन शाल्कविकले ३, किशोर महतो र गुल्सन झाले २–२ तथा सागर ढकाल र हर्मित सिंहले १–१ विकेट लिए।

अर्को खेलमा काठमाडौं नाइट्स र जनकपुर रोयल्स आमने-सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved