रोनाल्डोले पाए उपहारस्वरुप ‘रोल्स रोयस’

नेपालभ्युज

रोनाल्डोले पाए उपहारस्वरुप ‘रोल्स रोयस’

काठमाडौं। फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले रोल्स रोयस ऋरस्वरुप पाएका छन्।

रोनाल्डोलाई उनकी प्रेमिका जर्जिना रोड्रिगेजले रोल्स रोयस गाडि क्रिसमसको उपहार दिएकी हुन्।

सोमबार रोनाल्डोले आफ्नो इन्स्टाग्रामको स्टोरिमा जर्जिनालाई सम्बोधन गर्दै ‘धन्यवाद प्रिय’ लेख्दै गाडीको फोटो सार्वजनिक गरे।

जर्जिनाले सार्वजिनक गरेको भिडियोमा भने रोनाल्डो आफ्नो छारीलाई बोकेर हिँडिरहेको देखिन्छन्। उनले गाडी देखेसँगै आश्चर्यजनक भाव प्रकट गर्दै छोरीलाई भुई पनि राखेका थिए।

रोल्स रोयस श्रृङ्ख्लाको फ्यान्तम मोडेलको गाडिको मुल्य नेपाली बजारमा करिब ६ करोड १७ लाख रुपैँयाबाट सुरु हुने गर्दछ।

विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पोर्चुगल पराजित भएसँगै रोनाल्डो भावुक हुँदै मैदानबाट बाहिरिएका थिए। म्यान्चेष्टर युनाईटेडबाट बाहिरिएका रोनाल्डोले साउदी अरेबियासँग सम्झौंता गरेको प्रसङ्ग बाहिरिरहेको छ। तथापि, रोनाल्डोले सो बारे औपचारिक घोषणा गर्न बाँकी नै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved