नेपाल टी–२० लिगमा जनकपुरको लगातार दोस्रो जित

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा जनकपुरले विराटनगर रोयल्सलाई ५ विकेटले पराजित गरेको हो।

नेपालभ्युज

नेपाल टी–२० लिगमा जनकपुरको लगातार दोस्रो जित

काठमाडौं। जनकपुर रोयल्सले नेपाल टी–२० लिगमा लगातार दोस्रो जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा जनकपुरले विराटनगर रोयल्सलाई ५ विकेटले पराजित गरेको हो।

१४१ रनको लक्ष्य जनकपुरले पूरै ओभर खेल्दा ५ विकेट गुमाएर भेटायो। जनकपुरको लागि च्याडविक वाल्टनले अविजित ६७ र ट्रेभोन ग्रिफिथले २५ रन जोडे।

वल्टनले उत्कृष्ट ब्याटिङको साथ ५४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै जनकपुरको जित सुनिश्चित गरे। उनले ४६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। विराटनगरका लागि हुसेन तलतले, रिजन दाहाल र नन्दन यादवले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको विराटनगर १९.५ ओभरमा अलआउट हुँदा १८० रन बनायो। विराटनगरको लागि सिकन्दर राजाले ३८ र रोहित पौडेलले ३२ रन बनाए।

जनकपुर रोयल्सका लागि ललित राजवंशीले ५, मोहम्मद आदिल आलमले २ र केसरिक विलियम्सले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved