नेपाल टी–२० लिग : विराटनगरले जनकपुरलाई दियो १४१ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर १९.५ ओभरमा अलआउट हुँदा १४० रन बनायो।

नेपालभ्युज

नेपाल टी–२० लिग : विराटनगरले जनकपुरलाई दियो १४१ रनको लक्ष्य

काठमाडौं। नेपाल टी–२० लिगमा विराटनगर सुपर किङ्सले जनकपुर रोयल्सलाई १४१ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विराटनगर १९.५ ओभरमा अलआउट हुँदा १४० रन बनायो। विराटनगरको लागि सिकन्दर राजाले ३८ र रोहित पौडेलले ३२ रन बनाए।

जनकपुर रोयल्सका लागि ललित राजवंशीले ५, मोहम्मद आदिल आलमले २ र केसरिक विलियम्सले १ विकेट लिए। ललितले ४ ओभरमा ८ रन खर्चेर ‘फाइभ विकेट हल’ पूरा गर्‍यो ।

विराटनगर पहिलो जितको खोजीमा छ भने जनकपुर लगातार दोस्रो जित निकाल्न चाहन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved