रवि लामिछानेले भने- मैले उपप्रधानसहित गृह मागेको छु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सत्ता गठबन्धनको छलफलमा आफूले उपप्रधान तथा गृहमन्त्री मागेको बताएका छन्।

नेपालभ्युज

रवि लामिछानेले भने- मैले उपप्रधानसहित गृह मागेको छु

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सत्ता गठबन्धनको छलफलमा आफूले उपप्रधान तथा गृहमन्त्री मागेको बताएका छन्।

बैठकबाट बाहिरिँदै सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ‘‘दलहरू बीच छलफलमा मैले उपप्रधान र गृह मन्त्री मागेको हुँ। तर हेरौँ प्रधानमन्त्रीज्यूले के गर्नुहुन्छ।’’

यसअघि उपप्रधानसहित सभापति रविको नेतृत्वमा रास्वपा सरकारमा जाने चर्चा थियो।

रास्वपाले ६ वटा मन्त्रालयमा दाबी गरेको छ। तर सात वटा दलले प्रधानामन्त्रीमा प्रचण्डलाई समर्थन गरेकाले ६ वटा मन्त्रालय पाउने छैन ।

रास्वपाले कृषि, भौतिक, श्रम तथा रोजगार मन्त्रालयमा दाबी गरेको छ। आजै ४ बजे प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रम छ। त्यही केही मन्त्रीको शपथ हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved