नयाँ गठबन्धनप्रति बालेनको व्यंग्य, भन्छन्- प्रजा सधैं सास्तीमा

नेपालभ्युज

नयाँ गठबन्धनप्रति बालेनको व्यंग्य, भन्छन्- प्रजा सधैं सास्तीमा

काठमाडौं ।  काठमाडौं महानगरका मेयर बालेन शाहले नयाँ सत्ता गठबन्धनलाई व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमार्फत् एक सटिक टिप्पणी गर्दै उनले अहिलेको गठबन्धनलाई बिजातीयहरूको जमघटको रूपमा चित्रित गरेका छन् ।

‘राजा फर्काउँछु भन्ने, राजा चाहिन्छ भन्ने र राजा मार्छु भन्ने तीनवटै सरकारमा,’ उनले लेखेका छन्, ‘हामी प्रजा सधैं सास्तीमा ।’ टिप्पणीमा बालेनले नागरिकलाई प्रजाको रूपमा चित्रित गरेका छन् । नयाँ गठबन्धनमा राजा फर्काउँछु भन्ने राप्रपा र गणतन्त्रवादी शक्तिहरू सँगै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved