प्रधानमन्त्रीका लागि प्रचण्डले गरे राष्ट्रपतिसमक्ष दाबी पेश

संसदको तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै शीतलनिवास पुगेका प्रचण्डले सात दल र तीन स्वतन्त्र सांसदको समर्थनसहित दाबी पेश गरेका हुन्।

नेपालभ्युज

प्रधानमन्त्रीका लागि प्रचण्डले गरे राष्ट्रपतिसमक्ष दाबी पेश

काठमाडौं। संसदको तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै शीतलनिवास पुगेका प्रचण्डले सात दल र तीन स्वतन्त्र सांसद आफूसँग रहेको भन्दै  दाबी पेश गरेका हुन्।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले र माओवादीसहित ७ दलले समर्थन जनाएका छन्। जसमा संसद्मा २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी, १४ सिट रहेको राप्रपा, १२ सिट रहेको जनता समाजवादी पार्टी, ६ सिट रहेको जनमत पार्टी, ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टी छन्।

त्यसवाहेक १२ सिट रहेको जनता समाजवादी पार्टी र तीनजना स्वतन्त्र सांसदले पनि यो दाबी पत्रमा हस्ताक्षर गरेका छन् । सात दल र स्वतन्त्र गरी कुल १६९ सांसदको समर्थन आफूलाई रहेको प्रचण्डको दाबीपत्रमा उल्लेख छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved