मधेस प्रदेश : शपथलगायत विषयमा सहमति खोज्न सर्वदलीय बैठक

मधेस प्रदेश : शपथलगायत विषयमा सहमति खोज्न सर्वदलीय बैठक

मधेस प्रदेशसभा सचिवालयको आह्वानमा सोमबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्ने भएको छ । नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहण लगायतका काममा सर्वदलीय सहमतिका लागि सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मधेस प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० दलको सहभागितामा सर्वदलीय बैठक बस्न लागेको जानकारी दिए । “दलहरूसँगको समन्वयमा बैठक बस्दैछ”, सचिव यादवले भने, “त्यसपछि हामी शपथग्रहण र प्रदेशसभा बैठकको तयारीमा जुट्छौँ ।”

नेपालको संविधानको धारा १७९ अनुसार प्रदेसभाका सदस्यले प्रदेशसभा बैठकमा पहिलो पटक भाग लिनुअघि कानुनबमोजिम शपथ लिनुपर्नेछ । त्यसैगरी संविधानको धारा १८३ (१) बमोजिम प्रदेश प्रमुखले प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र अर्थात् यही पुस २१ गतेभित्र प्रदेशसभाको अधिवेशन आहवान गरिसक्नुपर्ने छ ।

निर्वाचन आयोगले यही पुस २ गते अन्तिम परिणाम घोषणा गरेकाले पुस २१ गतेभित्र अधिवेशन बोलाइसक्नुपर्ने र त्यसअघि नै नवनिर्वाचित प्रदेशसभा सदस्यले शपथ लिइसक्नुपर्ने हुँदा त्यहीअनुसार सचिवालय तयारी अवस्थामा रहेको सचिव यादवले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved