महराको दाबी-गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार बन्छ

नेपालभ्युज

महराको दाबी-गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार बन्छ
फाइल फोटो

नेपालगञ्ज। नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

प्रेस सेन्टर बाँकेद्वारा शनिबार आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष महराले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताए। उनले भने, ‘सरकार गठनका विषयमा आवश्यक छलफल चलिरहेको छ’, छिट्टै टुङ्गो लाग्नेछ र नयाँ सरकार गठन हुन्छ ।’

पार्टी प्रवक्तासमेत रहेका महराले समाजवादी दलको मञ्च निर्माणका लागि नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा, राजमो लगायतका पार्टीसँग छलफल भइरहेको बताए ।

रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved