सत्ता गठबन्धनको बैठक निष्कर्षबिहीन, आइतवार पुन: बस्ने

नेपालभ्युज

सत्ता गठबन्धनको बैठक निष्कर्षबिहीन, आइतवार पुन: बस्ने
फाइल तस्वीर

काठमाडाैं |  सत्तारुढ गठबन्धनको बैठक  निष्कर्षबिहीन भएको छ । सरकार गठनबारे छलफल गर्न  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  शनिवार अपराह्न बसेको बैठकमा सहमति नजुटेको हो ।

उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनमा रहेका  प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी कायमै राखेपछि  सहमति नजुटेको हो ।

आज सहमति नभएकाले  आइतवार  पुनः छलफल गर्ने गरी आजको बैठक सकिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले आइतवारकाे बैठकमा सहमति हुने र सरकार गठबन्धनकै बन्ने बताए ।

सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय  पुस १० गते  अपरान्ह ५ बजे सकिँदैछ ।

त्यसअघि नै कुनै प्रतिनिधिसभा सदस्यले आफ्नो पक्षमा बहुमत पुर्‍याएर राष्ट्रपतिसमक्ष दाबी पेश गर्नुपर्ने भएकाले सत्तारुढ दलले छलफललाई तीव्रता दिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved