नेपाल टी–२० लिग : आज पनि दुईवटा खेल हुँदै

नेपालभ्युज

नेपाल टी–२० लिग : आज पनि दुईवटा खेल हुँदै

काठमाडौं। नेपाल टी–२० लिगमा आज आइतबार २ खेल हुँदैछन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर सुपर किङ्स र लुम्बिनी अलस्टार्स आमने सामने हुँदैछन्।

विराटनगर र लुम्बिनी बिहान सवा ९ बजे भिड्दैँछन्। विराटनगर  जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ। लुम्बिनी भने लगातार दोस्रो जित निकाल्न चाहन्छ।

अर्को खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्स दिउँसो सवा १ बजे आमने सामने हुँदैछन्। पोखरा आफ्नो पहिलो जितको खोजीमा छ। जनकपुर पहिलो जितको साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छ ।

प्रतियोगितामा फारवेस्ट युनाईटेड, काठमाडौं नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अलस्टार्स, विराटनगर सुपर किङ्स र पोखरा एभेन्जर्सको सहभागीता रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved