काठमाडौं। लुम्बिनी अलस्टार्सले नेपाल टी–२० लिगमा सानदार जित निकालेकोे छ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा लुम्बिनीले फारवेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको हो।
१५३ रनको लक्ष्य पछ्याएको फार वेस्ट १६.२ ओभरमा ८५ रनमा अलआउट भयो। फारवेस्टको लागि हसमतुल्लाह साहिदीले ३५ र विनोद भण्डारीले १३ रन जोडे। लुम्बिनीको लागि दीपेन्द्र सिंह ऐरीले ३ , सागर ढकालले २ तथा किशोर महत्तो, प्याट ब्राउन, बिपुल शर्माले १–१ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले पूरै ओभर खेल्दा ७ विकेट गुमाएर १५२ रन बनायो। लुम्बिनीको लागि लाहिरु मिलन्थाले ६० र दीपेन्द्र सिंह ऐरी ३५ रन बनाए। मिलन्थाले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। गुल्सन झाले विस्फोटक ब्याटिङको प्रदर्शन गरे। गुल्सन १० बलमा २५ रन बनाए। फारवेस्टका लागि उमेर अलीले र करन केसीले ३–३ विकेट लिए।
Facebook Comment
Comment