चार्ल्स शोभराजले भने-पेरिसमा क्रिसमस मनाएर रमाइलो गर्छु

नेपालभ्युज

चार्ल्स शोभराजले भने-पेरिसमा क्रिसमस मनाएर रमाइलो गर्छु
शुक्रबार नेपालबाट निकाला भएपछि फ्रान्स फर्किँदै चाल्स शोभराज, विमानमा विदेशी फोटो पत्रकारले खिचेको फोटो।

काठमाडौं । नेपालबाट निस्कासित भएका चार्ल्स शोभराजले पेरिस पुगेर क्रिसमस मनाउने बताएका छन् ।

त्रिभुवन विमानस्थलमा कतार उड्नुअघि अध्यागमनका कर्मचारी र प्रहरीसँग उनले पेरिसमा क्रिसमस मनाएर रमाइलो गर्ने बताएका हुन् ।

साथै उनले सञ्चार माध्यमसँग बोल्ने केही कुरा आफूसँग नभएकाले पत्रकार सम्मेलन नगरेको बताए ।

उनी १० वर्ष नेपाल आउन नपाउने गरी निस्कासित भएका हुन् । अध्यागमनका कर्मचारीका अनुसार उनी निक्कै खुसी भएर हँसिलो मुहारमा विमान चढेका थिए ।

कतार एयरवेजमा चढेका उनी साढे ४ घन्टा दोहामा ट्रान्जिट बसेर स्थानीय समय अनुसार शनिबार बिहान ६:३५ बजे पेरिस उत्रने छन् ।

सो क्रममा उनले विमानस्थलमा फ्रान्सेली समाचार संस्था एएफपीलाई प्रतिक्रिया दिँदै नेपाल राज्यसहित धेरै मानिसलाई मुद्दा हाल्ने चेतावनी समेत दिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved