नेपाल टी-२० लिगको विजेतालाई ५५ लाख पुरस्कार

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार पत्रकार सम्मेलन गरी विजेता, उपविजेता र अन्य टोलीले पाउने रकम घोषणा गरेको हो ।

नेपालभ्युज

नेपाल टी-२० लिगको विजेतालाई ५५ लाख पुरस्कार

काठमाडौं। नेपाल टी–२० लिगको उपाधि विजेताले ५५ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार पत्रकार सम्मेलन गरी विजेता, उपविजेता र अन्य टोलीले पाउने रकम घोषणा गरेको हो । उपविजेताले ३० लाख, तेस्रो हुनेले १० लाख र चौंथोले ५ लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ ।

यस्तै प्लेयर अफ द सिरिजले ५ लाख, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले जनही २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने पनि जानकारी दिइएको छ । नेपाल टी–२० लिग भोली शनिबारदेखि सुरू हुँदैछ ।

उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौं नाइट आमने-सामने हुनेछन् ।

लिगमा यी दुईबाहेक फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किङ्सगरी ६ टोलीको सहभागिता छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved