नेपाल टी–२० लिग पुस ९ गतेदेखि सञ्चालन हुने

नेपालभ्युज

नेपाल टी–२० लिग पुस ९ गतेदेखि सञ्चालन हुने

काठमाडौं। नेपाल टी–२० लिग पुस ९ गतेदेखि सञ्चालन हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले बिहीबार प्राविधिक समस्याका कारण लिग एकदिन पछि सरेको जानकारी गराएको हो।

यसअघि पुस ३ गतेबाट आयोजना हुने भनिएको लिग एक दिन पछि सरेको हो। नेपाल टी–२० लिगको निर्देशकको रूपमा भने क्यानका महाप्रबन्धक वृत्तान्त खनाललाई नियुक्त गरिएको छ ।

क्यानको आयोजनामा पहिलोपटक हुन लागेको फ्रेन्चाइज लिगमा ६ टोलीको सहभागिता रहेको छ ।

पहिलो संस्करणको लिगमा लुम्बिनी अल स्टार्स, काठमाडौं नाइट, पोखरा एभेन्जर्स, विराटनगर सुपर किङ्स, फार वेस्ट युनाइटेड र जनकपुर रोयल्सको सहभागिता रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved