मेस्सीले पीएसजीसँगको सम्झौता लम्ब्याउने

नेपालभ्युज

मेस्सीले पीएसजीसँगको सम्झौता लम्ब्याउने

काठमाडौं। अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले पेरिस सेन्ट जर्मन पीएसजीसँगको सम्झौता थप गरेका छन्। बुधबार फ्रान्सको दैनिक पत्रिका ‘ले पेरिसियन’ ले मेस्सी थप एक वर्ष पीएसजीको लागि खेल्ने उल्लेख गरेको हो।

सन् २०२२ को डिसेम्बर सम्म मेस्सीको पीएसजीसँगको सम्झौँता रहेको छ। पीएसजीले यसबारे आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।

पीएसजीका अध्यक्ष नासेर अल–खेलाफिले मेस्सी क्लबमा खुसी भएको र सम्झौताबारे विश्वकपपछि निर्णय गर्ने बताएका थिए।

यस सिजन मेस्सीले पीएसीको लागि १२ गोल र १४ असिस्ट गर्न सफल भएका थिए।

सन् २०२१ मा बार्सिलोनाबाट निस्किएसँगै २ वर्षको लागि पीएसजीमा आबद्ध भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved