चीनको सीमा क्षेत्रमा थप तनाव बढ्दै, भारतले खटायो अहिलेसम्मकै धेरै सेना

विदेशमन्त्री जयशङ्करले चीन एक्लैलाई सीमाको यथास्थितिमा परिवर्तन ल्याउन नदिने समेत बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । अरुणाचल राज्यमा केही दिन अघि भारत र चीनका सैनिकहरूबीच झडप भएपछि भारतीय विदेशमन्त्रीको पछिल्लो प्रतिक्रिया आएको हो ।

नेपालभ्युज

चीनको सीमा क्षेत्रमा थप तनाव बढ्दै, भारतले खटायो अहिलेसम्मकै धेरै सेना
जम्मु कश्मीरलाई दिएको विशेष दर्जा खारेजीपछि भारतीय सेनाले गस्ती गर्दै । फाइल तश्वीर

नयाँ दिल्ली। भारत र चीनको सीमा क्षेत्रमा थप तनाव बढ्ने संकेत देखिएको छ । चीनसँगको विवादित सीमा क्षेत्रमा भारतले सैनिकको संख्या बढाएसँगै तनाव बढ्ने संकेत देखिएका हुन् ।

तनावग्रस्त क्षेत्रमा त्यसअघि परिचालित सैनिकको सङ्ख्या थप गर्दै अहिलेसम्मकै सबैभन्दा धेरै पुर्‍याइएको भारतीय विदेशमन्त्री एस जयशङ्करले बताएका छन् । तर, थपिएको सैनिक संख्या खुलाइएको छैन ।

विदेशमन्त्री जयशङ्करले चीन एक्लैलाई सीमाको यथास्थितिमा परिवर्तन ल्याउन नदिने समेत बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । अरुणाचल राज्यमा केही दिन अघि भारत र चीनका सैनिकहरूबीच झडप भएपछि भारतीय विदेशमन्त्रीको पछिल्लो प्रतिक्रिया आएको हो ।

चिनियाँ सैनिकहरूले सीमामा अतिक्रमण सुरु गरेपछि प्रतिवाद गरिएको भारतीय पक्षको दाबी छ । सन् २०२० मा लद्दाख क्षेत्रको गलवान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिक र चार चिनियाँ सैनिकको ज्यान गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved