काठमाडौं। नेपाल टी-२० लिगमा सहभागी जनकपुर रोयल्सले टोलीको जर्सी सार्वजनिक गरेको छ।
मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जनकपुरको जर्सी सार्वजनिक गरिएको हो।
जनकपुरको कप्तानको जिम्मेवारी ट्रेभोन ग्रिफिथले सम्हाल्ने भएका छन्।

‘मलाई विश्वास गरेर कप्तानाको जिम्मेवारी दिनु भएकोमा धन्यवाद। टोलीलाई उपाधि जिताउनुको लागि नै खेल्नेछौं।’, कप्तान ग्रिफिथले बताए। ग्रिफिथ जमाइकाका टप अर्डर ब्याट्सम्यान हुन्।

रोयल्सका मार्की खेलाडी सोमपाल कामीले भने, ‘पहिलो पटक नेपाल टी–२० लिग हुँदैछ । नयाँ खेलाडीको विकासको साथै सिक्नको लागि राम्रो अवसर हो। धेरै खुसी लागिरहेको छ।’

यस्तै, सोमपाल कामी टोलीको उपकप्तान हुने मुख्य प्रशिक्षक उमेश पटवालले जानकारी गराए। ‘ग्रिफिथले टोलीलाई सहि नेतृत्व गर्नेछन्। सोमपालले भने नेपाली खेलाडीहरुलाई बुझेका छन्। ग्रिफिथ र सोमपालले उत्कृष्ट साझेदारीको साथ टोलीलाई उत्कृष्ट नतिजा दिनेछन्।’, प्रशिक्षक पटवालले भने। पटवाल नेपालका पूर्व मुख्य प्रशिक्षक पनि हुन्।
जनकपुरले टोलीमा थप २ विदेशी खेलाडी अनुबन्ध गरेको छ। अफगानिस्तानको शराफुद्दीन अशराफ र पाकिस्तानको शमिउल्लाह सिनवारी पनि टोलीमा जोडेको रोयल्सले जनाएको छ।
यसअघि जनकपुरले वेस्ट इन्डिजका केसरिक विलियम्सलाई र चाडिवक वाल्टन तथा श्रीलंकाका आशान प्रियंजनलाई अनुबन्धन गरिसकेको छ।
पुस ९ गते जनकपुरले आफ्नो पहिलो खेल पोखराविरुद्ध खेल्नेछ।
जनकपुर रोयल्स टोली
मार्की खेलाडी–सोमपाल कामी
श्रेणी ‘बी’–सन्दीप जोरा, मोहम्मद आदिल आलम, दिलीप नाथ, ललित राजवंशी
श्रेणी ‘सी’–सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, खडक बोहरा, राजेश पुलामी
अनावरण विदेशी खेलाडीहरू– चाडविक वाल्टन, केसरिक विलियम्स, आशान प्रियंजन, शराफुद्दीन अशराफ, शमिउल्लाह सिनवारी,
मुख्य प्रशिक्षक–उमेश पटवाल
Facebook Comment
Comment