अग्लो देखिन ‘हिल’ होइन सही लुगा छान्नुहोस्

अग्लो देखिनका लागि कपडाको लम्बाई पनि सही हुन जरुरी छ । छोटो कद भएका महिलाहरुले घुँडाभन्दा तल लम्बाई भएका कपडा लगाउनु पर्दछ ।

नेपालभ्युज

अग्लो देखिन ‘हिल’ होइन सही लुगा छान्नुहोस्

एजेन्सी । तपाईंलाई सुन्दर र स्मार्ट देखिन लुगाको जति महत्व छ त्यसरी नै जुत्ता चप्पलको पनि छ । तपाईंले लगाएको पहिरनमा जुत्ताले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सुन्दरता अर्को ठाउँमा छ तर कुनै अवस्थामा तपाईं आफूलाई अग्लो देखाउन पनि लामो हिल भएको जुत्ता चप्पलहरु प्रयोग गर्नुभएको हुन्छ । अग्लो देखिनलाई जुत्ताचप्पलले नै महत्वपूर्ण भूमिका खेल्छ भन्ने छैन । पहिरनमा अन्य ध्यान दिँदा पनि तपाई सुन्दर तथा अग्लो देखिन सक्नुहुन्छ ।

कपडाको रंगमा ध्यान दिनुहोस्
यदि तपाईको उचाईं कम र तौल ज्यादा छ भने कालो रंगको कपडाहरु लगाउन सक्नुहुन्छ । कालो तथा अलि गाढा रंगहरुको प्रयोग गर्दा तपाईको तौलको अन्दाज लगाउन सकिदैंन । जसले गर्दा तपाई अग्लो तथा स्लिम देखिन सक्नुहुन्छ ।

पूरा बाहुला भएको लुगा
अग्लो देखिनका लागि तपाई छोटो भन्दा पूरै हात ढाकिने बाहुला भएको लुगा लगाउन सक्नुहुन्छ । होचो कद भएकी केटीले लामो बाहुला भएको लुगा लगाउनु राम्रो हुन्छ ।

सही प्रिन्टको चयन गर्नुहोस्
अग्लो देखिनका लागि कपडाको प्रिन्टसँग पनि गहिरो सम्बन्ध हुन्छ । ठूला तथा तेस्रो प्रिन्ट भएका कपडा लगाउँदा हाइट कम देखिने गर्छ । अग्लो देखिनका लागि सधैं लामो धर्के प्रिन्ट तथा मसिनो बुट्टा गरेको लुगा लगाउनु पर्दछ ।

कपडाको लम्बाई
अग्लो देखिनका लागि कपडाको लम्बाई पनि सही हुन जरुरी छ । छोटो कद भएका महिलाहरुले घुँडाभन्दा तल लम्बाई भएका कपडा लगाउनु पर्दछ । जस्तो कुर्ता लगाउँदा एकदमै छोटो भयो भने त्यसले तपाईलाई झनै होचो देखाउने सम्भावना हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved