कामना सेवा विकास बैंकद्वारा एससीटी–यूपीआई डेबिट कार्डको सुरुआत

नेपालभ्युज

कामना सेवा विकास बैंकद्वारा एससीटी–यूपीआई डेबिट कार्डको सुरुआत

काठमाडौं। समयसापेक्ष ग्राहकको चाहनाअनुसार नवीनतम प्रविधिमार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ एससीटी–यूपीआई डेबिट कार्ड सेवा सुरुआत गरेको छ।

बैंकले पुस १ गतेबाट औपचारिकरूपमा एससीटी–यूपीआई डेबिट कार्ड सेवा सुचारु गरेको हो।

बैंकका नायब महाप्रबन्धक लालबहादुर थिङ र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले संयुक्त रूपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको अनावरण गरी सेवा शुभारम्भ गरेका हुन्।

कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास ढुंगानालगायत बैंकका अन्य कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति थियो।

यसपश्चात स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ। बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्नेछ।

यसका साथै एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ।

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved