टेक्सासमा शक्तिशाली भूकम्प

नेपालभ्युज

टेक्सासमा शक्तिशाली भूकम्प

अमेरिका। अमेरिकाको टेक्सासमा ५ दशमलव ७ म्यग्निच्युडको भूकम्प गएको छ । भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः ३५ बजे टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा करिब आठ किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पलगत्तै परकम्पन पनि गएको थियो ।

भूकम्प टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भएको जनाइएको छ ।

‘टेक्सास राज्यको इतिहासमा यो चौथो शक्तिशाली भूकम्प हुनेछ’, राष्ट्रिय मौसम सेवाको मिडल्यान्ड कार्यालयले ट्विट गर्‍यो । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved