बिपीको फोटो हटाएर हर्क साम्पाङले राखे आफ्नै फोटो, प्रश्न सोध्ने सदस्यलाई घोक्रेठ्याक

पार्कमा रहेको सर्वमान्य नेता बिपीको फोटो हटाएर उनले आफ्नै ठुलो फोटो राखेका छन्। फेसबुक लाइभमा आएर आफ्ना विरोधीहरूप्रति आक्रोश पोख्ने तथा दैनिक दर्जनौँ पटक पोष्ट गर्ने स्ट्याटसमा अन्टसन्ट लेख्दै आएका उनको कार्यशैलीप्रति सर्वसाधारण समेत अचम्मित छन्।

नेपालभ्युज

बिपीको फोटो हटाएर हर्क साम्पाङले राखे आफ्नै फोटो, प्रश्न सोध्ने सदस्यलाई घोक्रेठ्याक

काठमाडौं। पटकपटक विवादमा आइरहने धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईले ‘बिपी पार्क’को नाम परिवर्तन गरेर ‘श्रम संस्कृति’ पार्क राखेका छन्। पार्कमा रहेको सर्वमान्य नेता बिपीको फोटो हटाएर उनले आफ्नै ठुलो फोटो राखेका छन्।

फेसबुक लाइभमा आएर आफ्ना विरोधीहरूप्रति आक्रोश पोख्ने तथा दैनिक दर्जनौँ पटक स्ट्याटसमा अन्टसन्ट लेख्दै आएका उनको कार्यशैलीप्रति सर्वसाधारण समेत अचम्मित छन्।

सर्वसाधारणलाई श्रमदानमा सहभागी गराएर तथा भ्रष्टाचारको विरोध गरेर चर्चामा आएका मेयर साम्पाङ पछिल्ला समयमा भने आफ्नै केही घमन्डका कारण विवादमा फसेको कतिपय बताउँछन्। प्रशंसाका भोकाजस्ता देखिने मेयर साम्पाङले उनको कार्यशैलीको विरोध गर्ने अरू जनप्रतिनिधिलाई गाली गर्ने मात्र नभई बैठकबाट निकाला गर्दै आएका छन्।

जातीय कटाक्ष गरेपछि मेयर साम्पाङको चर्को आलोचना, अपराध पुष्टि भए जेल सजाय हुनसक्ने

पार्कको नाम परिवर्तन गरेको विषयमा गत असोज १३ गतेको बसेको कार्यपालिकाको बैठकमा कुरा उठेको थियो। मेयरले बिना निर्णय मनमौजी रूपमा पार्कको नाम र फोटो परिवर्तन गरेको भन्दै कुरा उठेको थियो।

कार्यपालिका सदस्य अनुप देवानले फरक बिचार राख्ने क्रममा बैठकको अध्यक्षता गरिरहेका मेयर साम्पाङले बैठकबाटै निकाले।

कार्यपालिकाका एक सदस्यले भने ‘‘बैठकमा सप्तरङ्गी पार्कको बारेमा कार्यपालिका सदस्य अनुप देवानले बोल्दै गर्दा मेयरज्यूले नबोल्नुस्। भन्नुभयो। कार्यपालिका सदस्यले आफूलाई धारणा पुरा राख्न दिन आग्रह गर्नुभयो। मेयरले उहाँलाई बाहिर निस्केर जान भन्नुभयो। अरू सदस्यहरूले मेयरको कार्यशैलीप्रति आपत्ति जनाउनुभयो। बैठकमा कार्यपालिका सदस्यलाई गाली गलौज गरेर बाहिर जान भन्दै अपमानपूर्ण व्यवहार गरिएपछि सबै जनाले माफी माग्न आग्रह गरे। मेयरले म मेयर जस्तो मान्छे किन माफी माग्ने भन्नुभयो। सबैले बैठक बहिस्कार गरे।’’

बिहानभरिमा मेयर हर्क साम्पाङको २० वटा फेसबुक स्ट्याटस

सोही प्रकरणमा मेयर साम्पाङले माफी नमागेको भन्दै बैठक बस्न सकेको छैन। कार्यपालिकाका अरू सदस्यले अहिले थप माग राखेका छन्। सामाजिक सञ्जाल (फेसबुक) मा तुच्छ शब्दहरू प्रयोग गरी गाली गलौज गर्दै प्रस्तुत भएको भन्दै अरू सदस्यहरूले आपत्ति जनाएका छन्।

जनताहरूले आफ्ना गुनासा तथा कामहरू लिएर आउँदा हप्कीदप्की गर्दै प्रहरी बोलाएर धरपकड गर्न खोजिएको र मुद्दा हालिएको समेत उनीमाथि आरोप छ। साथै दलित समुदायमाथि अपमान गरेको भन्दै माफी माग्न समेत कार्यपालिका सदस्यहरूले आग्रह गरिरहेका छन्। विभिन्न माग पुरा नभई कार्यपालिका बैठक बस्न नसक्ने चेतावनी दिइएको छ।

हर्क साम्पाङ स् हावादारी पोस्टका कारण खस्कँदो साख, समाजशास्त्री र मनोविद्को यस्तो सुझाव

मेयर साम्पाङविरुद्ध लागेका आरोपहरू यस्ता छन्

१ विभिन्न विकास निर्माणको लागि आवश्यक उपभोक्ता समिति गठनमा रोक ।

२. बिना निर्णय साबुन उद्योगको निर्माण कार्य सुरु

३. बिपी पार्कको नाम परिवर्तन गरी विना निर्णय आफ्नो फोटो राखी श्रम संस्कृति पार्क नामकरण गरेको ।

४. सामाजिक सञ्जाल (फेसबुक) मा तुच्छ शब्दहरू प्रयोग गरी गाली गलौज गर्दै प्रस्तुत भएको ।

५. जातीय सद्भाव खलबलिने गरी चमारे भन्ने शब्द प्रयोग गरी दलित समुदायको आत्मा सम्मानमा चोट पुर्‍याएकाे ।

६. सेवाग्राहीहरूलाई हप्किदप्की गर्नुका साथै राष्ट्र सेवक कर्मचारीहरूलाई अपमानित गर्ने गरेको ।

७. जनताहरूले आफ्ना गुनासा तथा कामहरू लिएर आउँदा हप्कि दप्की गर्दै प्रहरी बोलाएर धरपकड गर्न खोजिएको र मुद्दा हालिएको ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved