खिलराज रेग्मीको सचिवालय भन्छ, ‘राग र क्लेष राखी समाचार लेखियो’

उनको सचिवालयले भनेको छ, ‘‘समाचारमा फलानाले भनेको भनी जुन कुरा उल्लेख छ, ती भनाइहरू राग र क्लेष राखी गरिएका व्यक्तिगत अभिव्यक्ति जस्ता प्रतीत हुन्छन् ।’

नेपालभ्युज

खिलराज रेग्मीको सचिवालय भन्छ, ‘राग र क्लेष राखी समाचार लेखियो’

काठमाडौं। मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको सचिवालयले संचारमाध्यममा आएका पछिल्ला समाचारको खण्डन गरेको छ । निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर रेग्मीकै पालादेखि न्यायालयमा बेथिति सुरु भएको भन्दै प्रकाशित समाचारको खण्डन गरिएको हो ।

मन्त्रिपरिषद् अध्यक्ष हुने पृष्ठभूमिमा रेग्मीले २०६४ मा निर्वाचित पहिलो संविधानसभाको कार्यकाल थप्न नमिल्ने मुद्धामा आफैँ पेसी तोकेर, आफ्नै इजलासमा पारेर आफैले संविधानसभा भङ्ग गर्ने फैसला सुनाएको समाचार आएका थिए।

समाचारमा विभिन्न व्यक्तिको ‘मन्त्रिपरिषद् अध्यक्षका रूपमा रेग्मीको तत्कालीन नियुक्तिले संसदीय लोकतन्त्र र स्वतन्त्र न्यायपालिकाको छविमा क्षति पुर्‍याएको’ भन्ने आशय थियो।

रेग्मीले भने न्यायपालिका र सरकार प्रमुखको भूमिकामा आफूले न्याय गरेको दाबी गरेका छन् । समाचारका बारेमा लिखित प्रतिक्रिया सार्वजनिक गर्दै उनको सचिवालयले भनेको छ, ‘‘समाचारमा फलानाले भनेको भनी जुन कुरा उल्लेख छ, ती भनाइहरू राग र क्लेष राखी गरिएका व्यक्तिगत अभिव्यक्ति जस्ता प्रतीत हुन्छन् ।’

शक्ति पृथकीकरणको सिद्धान्तविपरीत एक दशकअघि न्यायपालिका र कार्यपालिकाको प्रमुख भएका उनै रेग्मीलाई राष्ट्रप्रमुख बनाउन गृहकार्य भएको समेत चर्चा भइरहेका छन्। यसबारेमा भने रेग्मीको सचिवालयले कुनै प्रतिक्रिया दिएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved