काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५.६ प्रतिशत मत बदर भएको जनाएको छ ।
आयोगले बुधबार सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो । जसमध्ये १ करोड ४ लाख ७ हजार ९५ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।
सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भई ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।
यता, प्रदेश सभातर्फ भने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ५ हजार ३०० मत सदर भएको आयोगले जनाएको छ । जसमा ४ दशमलव शून्य ७ प्रतिशत मत बदर भएको आयोगको भनाइ छ ।
सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको पनि आयोगले जनाएको छ ।
Facebook Comment
Comment