मंगलबार सेयर बजारमा गिरावट, कारोबार पनि घट्यो

नेपालभ्युज

काठमाडौं। सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द भएको छ । मंगलबार २.५७ अंकले घटेको बजार १८९९.७० बिन्दुमा झरेको छ । मंगलबार बजारमा शून्य दशमलव १३ प्रतिशतको गिरावट आएको हो । सोमबार भने बजार बढेको थियो ।

मंगलबार कुल २४८ धितोपत्रको १६ हजार ३२० वटा कारोबारबाट २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच हुँदा ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार जलविद्युत्, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसूचक हरियो देखिए । अन्य सबै परिसूचक भने राताम्य रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved