भारतीय प्रधानमन्त्री मोदीको ज्यान मार्ने अभिव्यक्ति दिने एक नेता पक्राउ

नेपालभ्युज

भारतीय प्रधानमन्त्री मोदीको ज्यान मार्ने अभिव्यक्ति दिने एक नेता पक्राउ

एजेन्सी। प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनी विवादास्पद अभिव्यक्ति दिएको भन्दै मध्य प्रदेशका कांग्रेस नेता राजा पटेरियालाई प्रहरीले पक्राउ गरेको छ । राजालाई आज (मंगलबार) बिहान प्रहरीले पक्राउ गरेको हो ।

सोमबार सार्वजनिक एक भिडियोमा उनले संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीलाई ‘मार्न’ एउटा मानिसहरूको समूहलाई दुरुत्साहन गरेका थिए ।

एउटा भाइरल भिडियोमा नेता राजा पटेरियाले पाटीृ कार्यकर्ताहरूको भेलामा भनेका छन्, ‘मोदीले चुनाव अन्त्य गर्नेछन्, मोदीले धर्म, जात, भाषाको आधारमा विभाजन गर्नेछन्, दलित, आदिवासी र अल्पसंख्यकको जीवन खतरामा छ । संविधान बचाउनु छ, मोदीलाई मार्न तयार हुनुहोस् ।’

उनको यो अभिव्यक्ति दिएपछि मध्य प्रदेश सरकारले पूर्वराज्यमन्त्री पटेरियाविरुद्ध मुद्दा चलाउन प्रहरीलाई आदेश दिएको थियो । पटेरियाविरुद्ध सोमबार दिउँसो पन्नाको पवई थानामा मुद्दा दर्ता गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved