आइतबार सेयर बजारमा उच्च गिरावट

नेपालभ्युज

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । आइतबार ३१.९९ अंकले घटेको बजार १८८५.३१ विन्दुमा आएर रोकियो । यो १.६७ प्रतिशतको गिरावट हो ।

आइतबार कारोबार भएका कुल २५३ सूचीकृत धितोपत्रको २४ हजार ६४४ वटा कारोबारबाट ३५ लाख १२ बजार ८३४ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन सबै उपसूचकहरू घटेका छन् । जसमा सबैभन्दा धेरै गिरावट बैंकिङ उपसूचकको देखिएको छ । जसको असर समग्र बजारमा देखिएको छ । बैंकिङ उपसूचक २.३० प्रतिशतले घटेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved