सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १८ लाख ८९ हजार खर्च गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्वाचन कार्यालय हुम्लालाई बुझाएको चुनावी खर्च विवरणअनुसार १८ लाख ८९ हजार खर्च गरेका हुन् ।
मुख्यमन्त्री शाही हुम्ला निर्वाचन क्षेत्र १ को प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट चुनाव लडेका थिए । उनले त्यही क्षेत्रबाट विजयी भएका थिए ।
मुख्यमन्त्री शाहीले मतदाता नामावली छपाइमा २० हजार, प्रचार–प्रसारमा ६ लाख ७९ हजार, गोष्ठी तथा अन्तर्क्रियामा एक लाख २० हजार, प्रतिनिधि व्यवस्थापनमा ५ लाख १० हजार, कार्यालय सञ्चालनमा ८० हजार र सवारीसाधन आवत–जावतमा ४ लाख ८० हजार गरी जम्मा १८ लाख ८९ हजार खर्च भएको भएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार जनकबहादुर शाहीले बताए ।
Facebook Comment
Comment